TodayPati

जनकपुरधामका निवर्तमान मेयर ‘लालकिशोर’ र उपमेयर ‘रिता’को लज्जास्पद हार

टुडेपाटी-
जनकपुरधाम, जेठ ९ गते ।

जनकपुरधाम उपमहानगरमा निवर्तमान मेयर लालकिशोर साह र उपमेयर रिताकुमारी मिश्रलाई लज्जास्पद पराजय बेर्होनु परेको छ ।

भर्खरै सम्पन्न निर्वाचनको अन्तिम मतगणना परिणाममा जनकपुरधामको मेयरमा काँग्रेसका विद्रोही तथा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह र उपमेयरमा गठबन्धनबाट काँग्रेसका किशोरी साह निर्वाचित भएका हुन् ।

Sponsored

मेयरमै गठबन्धन घटक जसपाबाट लडेका निवर्तमान मेयर लालकिशोर चौथो नम्बर र उपमेयरमा लोसपाबाट लडेकी निवर्तमान उपमेयर रिता तेश्रो नम्बरमा पछारिएर नराम्ररी हार बेहोरेका हुन् ।

स्वतन्त्र उम्मेदवार मनोज निकटतम प्रतिद्वन्दी भन्दा ३ हजरा ९३३ मत अन्तरले विजयी भएका हुन् । पाँचदलीय गबन्धनका उम्मेदवार निवर्तमान मेयर लालकिशोर साहलाई चौथो नम्बरमा पछार्दै मनोज विजयी भएका हुन् ।

मनोजेले १३ हजार ४६५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिरा ९ हजार ५३२ मत प्राप्त गरेका छन् ।

Sponsored

यस्तै तेश्रो नम्बरमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का उम्मेदवार मनोजकुमार चौधरीले ५ हजार ३६० मत पाएका छन् भने चौथो नम्बरमा गठबन्धबाट जसपाका उम्मेदवार निवर्तमान मेयर लालकिशोर ५ हजार १९४ मतमा सिमित भए । पाँचौ नम्बरमा स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतो ४ हजार २९० मत पाएका छन् ।

यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार किशोरी साह विजयी भएका छन् । उनले १५ हजार ५२५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेकी रुना झाले १० हजार ८८५ मत ल्याएकी छन् । तेश्रो नम्बरमा लोसपाकी उम्मेदवार निवर्तमान उपमेर रिता झाले ५ हजार ८१७ मतमा सिमित भइन् ।

अघिल्लो २०७४ को स्थानीय निर्वाचनमा तत्कालीजन जनता समाजवादी पार्टी (राजपा) बाट लालकिशोर २१ हजार ९०३ मत ल्याएर निर्वाचित भएका थिए भने उपमेयर पदमा रिता कुमारी मिश्रले १७ हजार १७४ मत ल्याएर विजयी भएकी थिइन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *