जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह निर्वाचित
टुडेपाटी–
जनकपुरधाम, जेठ ९ गते ।
जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साह निर्वाचित भएका छन् ।
सोमबार आएको मत परिणाम अनुसार मनोज साहले झण्डै चार हजारको मतान्तरले निर्वाचित भएका छन् । मनोजले १३ हजार ४६५ मतको मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५३२ मत ल्याए ।
यस्तै लोसपाका मनोज चौधरीले ५ हजार ३६० मत ल्याउँदा गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साह ५ हजार १९४ मत ल्याए । लालकिशोर जनकपुरधामका निवर्तमान मेयर हुन् ।
यस्तै उपमेयरमा नेपाली कांग्रेृसका किशोरी साह निर्वाचित भएका छन् । उनी १५ हजार ५२५ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी रुना झाले १० हजार ८८५ मत ल्याइन् ।
यस्तै निवर्तमान उपमेयर रिता कुमारी मिश्रले ५ हजार ८१७ मत मत ल्याइन् । उनी लोसपाबाट उम्मेदवार थिइन् ।
Sponsored