भरतपुरमा रुकेको मतगणना पूनः सुरु भयो
टुडेपाटी–
जनकपुरधाम, जेठ ९ गते ।
नेकपा एमालेका कार्यकर्ता पक्राउ परेपछि रुकेको भरतपुर महानगरपालिकाको मतगणना पूनः सुरु भएको छ ।
सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
कर्मचारीले गणना गर्ने स्थलमा छिरेर मतपत्र पट्याउन थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
एमालेले प्रतिनिधि पक्राउपछि मतगणना अवरुद्ध गरेको थियो । अवरोध पश्चात बसेको सर्वदलीय बैठकबाट विवाद टुंग्याइएको चितवन कांग्रेसका सभापति राजेश्वर खनालले बताए।
एमालेका ती प्रतिनिधिले माफी मागेपछि मतगणना शुरु भएको उनले जानकारी दिए।
Sponsored