TodayPati

सप्तरीको १८ वटै पालिकाको मत परिणाम सार्वजनिक, कहाँ कसले मारे बाजी ?

शुभ नारायण यादव–
सप्तरी, जेठ ८ गते ।

स्थानीय तह निर्वाचन अन्तर्गत सप्तरीको नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ ।

सार्वजनिक भएको परिणाम अनुसार सप्तरीको कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, सुरुङ्गा नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र तिरहुत गाउँपालिकामा नेपाली कांग्रेसको उम्मेदवार प्रमुख/अध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्निसाइर कृष्णा स्वरण गाउँपालिका, राजगढ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

Sponsored

त्यस्तै, नेकपा माओवादीले खडक नगरपालिका, राष्ट्रिय जनता पार्टीले राजविराज नगरपालिका र विष्णुपर गाउँपालिका जितेका छन् भने जनमत पार्टीले हनुमाननगर कंकालिनी नगरपालिका र वलान विहुल गाउँपालिका जितेका छन् । नेकपा एकीकृत समाजवादी शम्भुनाथ नगरपालिका र लोकतान्त्रिक समाजवादी पार्टीले महादेवा गाउँपालिकामा जित हासिल गरेका छन् ।

त्यस्तै, जसपाले बोदे बरसाईन नगरपालिका, एमालेले डाक्नेश्वरी नरपालिका,लोसपाले छिन्नमस्ता गाउँपालिका र रुपनी गाउँपालिकामा जित हासिल गरेका छन् ।

सप्तरीमा उपप्रमुखमा मिश्रित परिणाम

Sponsored

१८ पालिकाको सार्वजनिक भएको परिणाम अनुसार सप्तरीको कञ्चनरुप नगरपालिकामा नेपाली कांग्रेसकै ललनप्रसाद गुप्ता प्रमुख र कलपना चौधरी उपप्रमुखमा, सप्तकोशी नगरपालिकामा कृष्ण प्रसाद ढकाल प्रमुख र रिता कुमारी चौधरी उपप्रमुखमा, सुरुङ्गा नगरपालिका गीता चौधरी प्रमुख र रुद्रबहादुर कार्की उप प्रमुखमा निर्वाचित भएका छन् ।

तिलाठी कोइलाडी गाउँपालिकामा अरुणकुमार मण्डल अध्यक्ष र फूल कुमारी साह उपाध्यक्ष र तिरहुत गाउँपालिकामा विजयकुमार यादव अध्यक्ष र विणादेवी यादवनी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

यता अग्निसाइर कृष्णा स्वरण गाउँपालिका अध्यक्षमा एमालेका दिनानाथ चौधरी अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेका कल्पना कुमारी चौधरी, राजगढ गाउँपालिकामा नेकपा एमालेका अध्यक्षमा ओमप्रकाश मण्डल र पाध्यक्षमा जसपाका रेणुदेवी मण्डल निर्वाचित भएका छन् ।

त्यस्तै, खडक नगरपालिकामा नेकपा माओवादीबाट नगरप्रमुखमा जयप्रकाश चौधरी र उपप्रमुखमा जसपाका रिता कुमारी चौधरी निर्वाचित भएका छन् ।

राजविराज नगरपालिकामा राष्ट्रिय जनता पार्टीका प्रमुखमा भिमराज यादव र उपप्रमुखमा इसरत प्रविन निर्वाचित हुनुभएको छ ।

यसैगरी, विष्णुपर गाउँपालिकामा जसपाका उमेशप्रसाद यावद र नेपाली कांग्रेसका रेणु कुमारी यादव निर्वाचित हुनुभएको छ । त्यस्तै, हनुमाननगर कंकालिनी नगरपालिकामा नजमत पार्टीका वीरेन्द्र माझी र जसपाका सरिता सिपलिया, वलान विहुल गाउँपालिकामा जनमतका खेमचन्द्र यादव अध्यक्ष र जनमतकै रेणु यादव उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

शम्भुनाथ नगरपालिकामा नेकपा एकीकृत समाजवादीका जितेन्द्रप्रसाद गुप्ता कलवार प्रमुखमा र उप प्रमुखमा अनिता कुमारी चौधरी सोही पार्टीका निर्वाचित हुनुभएको छ । महादेवा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीका सुनिलकुमार मण्डल अध्यक्ष र सोही पार्टीका अर्चाना कुमारी यादव विजयी हुनुभएको छ । बोदे बरसाइन नगरपालिकाको प्रमुखमा आतेशकुमार सिंहं र उप प्रमुखमा रेणुकुमारी साह दुवै पदमा जनता समाजवादी पार्टी ९जसपा०का उम्मेदवार निर्वाचित हुनु भएको छ ।
डाक्नेश्वरी नगरपालिकामा प्रमुख पदमा नेकपा९एमाले०को ।रामलखन मुखिया९मलाह०र उपप्रमुख पदमा एमालेकै मिरा कुमारीयादव निर्वाचित हुनु भएको छ ।

यसै गरी रुपनी गाँउपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्षमा दिनेश कुमार यादव र उपाध्यक्षमा पुष्पा श्रेष्ठ लौगी बिजय हासिल गरेका छ्न। त्यस्तै छिन्नमस्ता गाँउपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अध्यक्षमा विद्यान्नद चौधरी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी राजो देवी यादव विजयी भएको छ ।

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *