TodayPati

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित

टुडेपाटी–
जनकपुरधाम, जेठ ८ गते ।

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई साम्पाङ निर्वाचित भएका छन् ।

सुनसरीको धरानमा आइतबार सम्पन्न मतगणना अनुसार ३९ वर्षीय स्वतन्त्र उम्मेदवार राईले २० हजार ८ सय २१ मतसहित मेयरमा जित निकालेका हुन्।

Sponsored

उनले गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७ सय ६२ मतको अन्तरले पराजित गरेका हुन् । राईले १६ हजार ५० मत प्राप्त गरेका छन्।

यस्तै नेकपा एमालेकी मञ्जु भण्डारी १२ हजार ८ सय २५ मत ल्याएर तेस्रो स्थानमा सीमित भइन्। उनी २०७४ को निर्वाचनमा एमालेबाट धरानको उपमेयरमा विजयी भएकी थिइन्।

यस्तै उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार आइन्द्र विक्रम बेघा २० हजार ५ सय १० मतसहित विजयी भएका छन्। उनले नेकपा एमालेका पदमप्रसाद लिम्बुलाई २ हजार ९ सय ४ मतको अन्तरले पराजित गरे। लिम्बूले १७ हजार ६ सय ६ मत पाएका थिए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *