TodayPati

जनकपुरको ताजा अपडेट : मनोजले कटाए १० हजार, कसको कति ?

टुडेपाटी–
जजनकपुरधाम, जेठ ८ गते ।

जनकपुरधाम उपमहानगरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले १० हजार मत कटाएका छन् । उनी अहिले १० हजार १२५ मत सहित पहिलो स्थानमा रहेका छन् ।

पछिल्लो मतगणना परिणाम अनुसार मनोज साह आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा १ हजार ७६३ मतले अगाडि छन् ।

Sponsored

उनलाई नेकपा एमालेका उम्मदेवार शिवशंकर साह हिराले पछ्याइ रहेका छन् । हिरालेहालसम्म ८ हजार ३६२ मत ल्याएका छन् ।

यस्तै तेश्रो नम्बरमा गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साह आएका छन् । लालकिशोरले ४ हजार ४३ मत पाएका छन् ।

चौथो स्थानमा लोसपाका मनोज चौधरी रहेका छन् । उनले ३ हजार ९९२ मत पाएका छन् भने पाँचौ नम्बरमा स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतो ३ हजार १४६ मत पाएका छन् ।

Sponsored

छैठो नम्बरमा स्वतन्त्र उम्मेदवार जानकी राम साहले १ हजार ५६३ सय मत ल्याएका छन् भने सातौं नम्बरमा जनमत पार्टीकी उम्मेदवार अनिता साहले ११९७ मत ल्याएकी छन् ।

आठौं स्थानमा तमलोपाकी विभा ठाकुरले ९१९ मत पाएकी छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *