क्षिरेश्वरनाथमा कांग्रेस जिल्ला सभापतिलाई हराउँदै एमालेका मेयर निर्वाचित
टुडेपाटी–
जनकपुरधाम, जेठ ८ गते ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेसका जिल्ला सभापतिलाई हराउँदै नेकपा एमालेका मेयर उम्मेदवार निर्वाचित भएका छन् ।
आइतवार आएको अन्तिम मतपरिणाम अनुसार एमालेका सुख देव यादव ७ हजार ९१३ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका जिल्ला सभापति एवं निवर्तमा मेयर योगेन्द्र पजियारले ७ हजार ३ सय मत ल्याए ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसकी रचना श्रेष्ठ निर्वाचित भएकी हुन् । उनले ७ हजार ५५० मत ल्याएकी हुन् भने उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी सालिनी चौधरीले ७ हजार ५११ मत ल्याइन् ।
यस्तै १० वडा वडा मध्ये ८ वटा वडामा नेपाली कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका हुन् ।
Sponsored
धनुषामा अब जनकपुरधाम उपमहानगर बाहेक अन्य सबै पालिकाको मत परिणाम आइसकेको छ ।