जनकपुरको ताजा अपडेट : मनोजको अग्रता कायमै, पाँचौ नम्बरमा झरे बलराम, कसको कति ?
टुडेपाटी-
जजनकपुरधाम, जेठ ७ गते ।
जनकपुरधाम उपमहानगरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतगणना परिणाम अनुसार मनोज साह आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा २ हजार १७० मतले अगाडि छन् ।
उनलाई नेकपा एमालेका उम्मदेवार शिवशंकर साह हिराले पछ्याइ रहेका छन् । हिरालेहालसम्म ७ हजार ६०४ मत ल्याएका छन् ।
पछिल्लो समय लोसपाका उम्मेदवार मनोज चौधरी र गठबन्धनका उम्मेदवार माथि केहि माथि उक्लिएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतो पाँचौ नम्बरमा पुगेका छन् ।
तेश्रो नम्बरमा लोसपाका मनोज चौधरीले ३ हजार ९५८ मत पाएका छन् भने चौथो नम्बरमा गठबन्धनका उम्मेदवार लालकिशोर साह ३ हजार ३६१ मत ल्याएका छन् ।
Sponsored
पाँचौ नम्बरमा स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतो ३ हजार ८५ मत पाएका छन् ।
छैठो नम्बरमा स्वतन्त्र उम्मेदवार जानकी राम साहले १५ सय मत ल्याएका छन् भने सातौं नम्बरमा जनमत पार्टीकी उम्मेदवार अनिता साहले ११५८ मत ल्याएकी छन् ।
आठौं स्थानमा तमलोपाकी विभा ठाकुरले ९१० मत पाएकी छन् ।