TodayPati

मधेश प्रदेशको ११२ पालिकाको अन्तिम नतिजा: कुन दल कति प्रमुख र उपप्रमुख जिते ? (विरण)

टुडेपाटी-
जनकपुरधाम, जेठ ७ गते ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावको अधिकांश पालिकाकाको मतगणना परिणामको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

मधेश प्रदेशको १३६ पालिका मध्ये शनिबार अपराहन्न ४ बजेसम्म ११२ पालिकाको अन्तिम मतगणना परिणामा सार्वजनिक भइसकेको छ ।

Sponsored

यो प्रदेशको एक मात्र महानगर वीरगञ्ज र तीन उपमहागर मध्ये जनकपुरधामसहित २४ पालिको मतगणना अझै जारी छ ।

११२ स्थानीय तहको सार्वजनिक अन्तिम नतिजा अनुसार हालसम्म मधेश प्रदेशमा सबभन्दा बढी ४२ प्रमुख र ४४ उपप्रमुख नेपाली काँग्रेसले जितेको मछ । त्यस्तै दोश्रोमा नेकपा एमाले २० प्रमुख र २३ उपप्रमुख जितेको छ ।

जनता समाजवादी पार्टी (जसपा) २० प्रमुख र २२ उपप्रमुख जितेर तेश्रो स्थान कायम गरेको छ ।

Sponsored

चौथोमा नेकपा माओवादी केन्द्र ९ प्रमुख र ८ उपप्रमुख जितेको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले ९ प्रमुख र ९ उपप्रमुख जितेका छन् ।

विस्तृतमा यस्तो मधेश प्रदेशको ११२ तहको सार्वजनिक अन्तिम नतिजा

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *