TodayPati

जनकपुरधाममा गठबन्धनका उम्मेदवार मनोजसँग ६ हजार भन्दा बढी मतले पछाडि

टुडेपाटी–
जनकपुरधाम, जेठ ७ गते ।

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ ।

मनोज साह ८ हजार ४३६ मत सहित पहिलो स्थानमा कायम रहेका छन् । गठबन्धनका उम्मेदवार भने उनीसँग ६ हजार भन्दा बढी मतले पछि रहेका छन् ।

Sponsored

गठबन्धनको तर्फबाट जसपाका लालकिशोर साह मेयरका उम्मेदवार हुन् तर उनी २ हजार ३७३ मत सहित पाँचौ स्थानमा रहेका छन् ।

दोस्रो स्थानमा नेकपा एमालेका शिवशंकर साह हिरा रहेका छन् । उनले ५ हजार ८९५ मत ल्याएका हुन् भने लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरी ३ हजार ४०, स्वतन्त्र उम्मेदवार बलराम महतो २ हजार ५७५ मत ल्याएका हुन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जानकीराम साह १ हजार ३६६, जनमत पार्टीकी अनिता देवी ८९७, लोकतान्त्रिक समाजवादी पार्टीकी विभा ठाकुर ८९२ मत ल्यएकी हुन् ।

Sponsored

यस्तै उपमेयर तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका किशोरी साह ९ हजार ४४५ मत सहित पहिलो स्थानमा रहेका छन् । नेकपा एमालेकी रुणा झा ६ हजार ९०४, लोसपाकी रिता कुमारी मिश्र ३ हजार ५९, स्वतन्त्र उम्मेदवार निर्मल चौधरी २ हजार ४९६, जनमतका संतोष कुमार साह १ हजार ४८, तमलोपाका ईश्वर पंडित कुम्हार ८४५ मत ल्याए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *