TodayPati

धनुषा : त्रिविका पूर्व विभागीय प्रमुखले वडाध्यक्ष पदमा पाए एक मत

टुडेपाटी–
जनकपुरधाम, जेठ ७ गते ।

त्रिभुवन विश्वविद्यालयका पूर्व विभागीय प्रमुख परमेश्वर कापडी स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा एक मत पाएका छन् ।

धनुषाको हंसपुर नगरपालिका–२ बाट उम्मेदवार बनेका कापडीले एक मत मात्र पाएका हुन् ।

Sponsored

उम्मेदवारी दर्ता गर्दा उनले एक जना प्रस्तावक र एक जना समर्थक लगेका थिए।

प्रचारमा पनि केही समर्थक खटिएका थिए। तर, चुनाव हुँदा भने प्रस्तावक र समर्थकको पनि भोट पाएनन्।

वडा नंं. २ मा नेपाली कांग्रेसका जयनारायण कापडी एक हजार १७५ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उदयकुमार साहले ५२४ मत पाए।

Sponsored

नेकपा एकीकृत समाजवादीका परमेश्वर कापडीले भने १ मत मात्र पाए।

मैथिली अभियानमा संलग्न कापडी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मैथिली विभागका पूर्व विभागीय प्रमुख हुन्। अवकास लिएपछि उनी सामाजिक काममा संलग्न हुँदै आएका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *