गणेशमान चारथमा निवर्तमान मेयर रामबाबु यदवको जमानत जफत, काँग्रेस विजयी
टुडेपाटी-
जनकपुरधाम, जेठ ७ गते ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान मेयर रामबाबु यादवको जमानत जफत भएको छ ।
निवर्तमान मेयर रामबाबुलाई पाँचौ नम्बरमा पछार्दै यो नगरपालिकाको मेयर र उपमेयर नेपाली काँग्रेसले जितेको छ ।
काँग्रेसका जितनारयाण यादव ३१०८ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतमप्रतिद्वन्दी जनता समाजवादी पार्टीका रामचलितर यादवल २७६० मत ल्याएका छन् ।
निवर्तमान मेयर रामबाबु यादव पाँचौ नम्बरमा १३२३ मत मात्र पाएका छन् । उनले जमानत समेत बचाउन सकेनन् । उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चुनाव लडेका थिए ।
२०७४ को स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट रामबाबु मेयर जितेका थिए । टिकट नपाएपछि मनोनयन दर्ताको दिन बैैशाख ११ गते उनी जसपा परित्याग गरी लोसपामा प्रवेश गरेका थिए ।
Sponsored
यस्तै उपमेयर पदमा काँग्रेसकै तुल्सा कुमारी पाण्डे ३२८३ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्दी जसपाकी गणिता कुमारी महतो २४२९ मत मात्र ल्यान सकिन् ।