TodayPati

उपेन्द्र यादवका छोरा अमरेन्द्र उपमेयरमा भारी मतले पराजित


टुडेपाटी-
बिराटनगर, जेठ ७ गते ।

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव भारी मतले पराजित भएका छन् ।

पाँचदलीय गठबन्धनबाट बिराटनगर महानगरपालिकाको उपमेयरमा उठेका अमरेन्द्र ११ हजार ४६१ को भारी मतअन्तरले पराजित भएका हुन् ।

Sponsored

नेकपा एमालेकी शिल्पा निराला कार्कीले ११ हजार ४६१ मतले अमरेन्द्रलाई पराजित गर्दै उपमेयरमा निर्वाचित भएकी छन् ।

कार्कीले २५ हजार ६८० मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्दी अमरेन्द्र यादव मात्र १४ हजार २१९ मत प्राप्त गर्न सके ।

बिराटनगरको मेयरमा भने पाँचदलीय गठबन्धनबाट नेपाली काँगेसका नागेश कोईराला विजयी भएका छन् ।

Sponsored

उनी८ हजार ७१५ मत अन्तरसहित निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर थापालाई पराजित गर्दै मेयरमा विजयी भएका हुन् ।

काइराला ३० हजार १७० मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी थापाले २१ हजार ४५५ मत मात्र प्राप्त गर्न सके ।
विराटनगरमा कुल ८९७८९ मत खसेको थियो ।

पाँचदलीग गठबन्धन हुँद काँग्रेसले भागवण्डामा बिराटनगर महानगरको मेयर भागमा परेको थियो भने जसपाको भागमा उपमेयर परेको थियो ।

उपमेयरमा उपेन्दब्र यादवले आफ्ना छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *