TodayPati

सप्तरीमा विद्युत चोरी गरेको आरोपमा २४ जना पक्राउ

टुडेपाटी समाचारदाता-
सप्तरी, माघ २२ गते ।

सप्तरीमा विद्युत चोरी गरेको आरोपमा २४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको संयुक्त टोलीले विद्युत चोरी गर्ने अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

टोलीले बोदेबरसाइन क्षेत्रबाट १६ र राजगढ गाउँपालिकाबाट आठ गरी २४ जनालाई विद्युत चोरी आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पक्राउ परेका २४ जनालाई विद्युत चुहावट नियन्त्रण विनियमावली, २०५९ अनुसार हानी नोक्सानी एवं क्षतिपूर्ति दाखिला गराई छाडिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *