TodayPati

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या २० लाख नाघ्यो

टुडेपाटी-

काठमाडौं, वैशाख २ गते

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वका अधिकांश देशमा संकटको अवस्था सिर्जना गरेको छ ।विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख भन्दा धेरै पुगेको छ ।

Sponsored

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर कुल संक्रमितको संख्या २० लाख १९ हजार भन्दा बढी रहेको छ । यस्तै विश्वभर मृत्यु हुनेको संख्या एक लाख १९ हजार ४८३ रहेको छ ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा अहिलेसम्म ६ लाख ८२ हजार ६१९ जनामा संक्रमण पुष्टि भएको छ ।

बेलायतमा अहिलेसम्म ८९ हजार भन्दा बढी, चीनमा ८३ हजार भन्दा बढी, इरानमा ७३ हजार ३०३ तथा टर्कीमा ६१ हजार ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Sponsored

नोवेल कोरोना भाइरसबाट हुने कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पनि अमेरिकामै धेरै रहेको छ । अहिलेसम्म अमेरिकामा २३ हजार ५२९ जनाको ज्यान गइसकेको छ । सबैभन्दा प्रभावित भएको न्यूयोर्क राज्यको न्यूयोर्क सिटीमा मात्रै सात हजार ३४९ जनाको मृत्यु भएको छ ।

स्पेनमा ज्यान गुमाउनेको संख्या १७ हजार ७५६ रहेको छ । सोमबार स्पेनमा ५४७ जनाको ज्यान गएको छ । यस्तै फ्रान्समा १४ हजार ९८६, बेलायतमा ११ हजार ३४७, इरानमा चार हजार ५८५ तथा जर्मनीमा ३१ सय ९४ जनाको ज्यान गएको छ ।

अहिलेसम्म विश्वभर चार लाख ४३ हजार ८८६ जना निको भएर घर फर्किएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *