जनकपुरमा जनमतबाट मेयर पदकी उम्मेदवार अनिता साहलाई दुई स्वतन्त्र उम्मेदवारको समर्थन
टुडेपाटी-
जनकपुरधाम,बैशाख २७ गते ।
जनकपुर उपमहानगरमा जनमत पार्टीबाट मेयर पदकी उम्मेदवार अनिता यादवलाई दुईजना स्वतन्त्र मेयर पदका उम्मेदवारले समर्थन गरेका छन् ।
मेयर पदका स्वतन्त्र पदका उम्मेदवारद्वय लक्ष्मण साह र रविकान्त कर्णले समर्थन गरेका हुन् ।
जनमता पार्टीको जनकपुरधाम स्थित केन्दिय कार्यालयमा मंगलबार पत्रकार सम्मेलन आयोजन गरी दबैजनाले जनमत पार्टीकी उम्मेदवार अनिता साहलाई समर्थन गरेका हुन् ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको राजनीतिक शैली र भीजन तथा मेयर पदपमा दक्ष महिला उम्मेदवार रहेकाले समर्थन गरेको उम्मेदवार कर्णले बताए ।
दुबैजना स्वतन्त्र उम्मेदवारले आफूलाई समर्थन गरेपछि आफू निकै बलियो भएको उम्मेदवार अनिता साहले बताइन् ।
Sponsored