TodayPati

भंगहाको बाँकी काम पूरा गर्न फेरि अत्यधिक मतले जित्दै छु : संजिव साह (अन्तरवार्ता )


टुडेपाटी, जनकपुरधाम ।

महोत्तरीको भंगहा नगरपालिकामा यसपटक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मेयर पदमा संजिव कुमार साह उम्मेदवार छन् । उनी यस नगरपालिकाको निवर्तमान मेयर पनि हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा उनी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट जितेका थिए । अगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि साह फेरि पनि मेयर पदमा उम्मेदवारी दिएका हुन् । बिगतमा धेरै काम गरिसकेको र केहि कामहरु गर्न बाँकी रहेकाले पूरा गर्न फेरि आफूले उम्मेदवारी दिएको उनले बताइरहेका छन् । चुनावी विषयमा केन्द्रित रहेर टुडेपाटीले उम्मेदवार साहसंग गरेको कुराकानीको संपादित अंश

भंगहा नगरपालिकामा फेरि पनि तपाइको उम्मेदवारी किन ?
साढे चार वर्ष मैले काम गरे । धेरै कामहरु भइसकेको छ । जुन काहरु अधुरो छ । त्यसलाई पूर्णता दिन र जनताको चाहना अनुसारको काम पूरा गर्न फेरि पनि मैले उम्मेदवारी दिएको छु ।

Sponsored

विगत कार्यकालमा के के काम गर्नु भयो ? देखिने र नमूना काम ?

भंगहा उच्च माविमा जानुस् । त्यहाँको भौतिक संरचना कुन तरिकाले निर्माण भएको छ । पहिले कस्तो थियो अहिले कस्तो छ । विद्यालयहरुमा पढाइको अवस्था हेर्नुस् । टोल टोलमा ६० वटा सामुदायिक भवन निर्माण भएको छ । कृषि विद्युतीकरण, पीसीसी ढलान, चारवटा नयाँ हस्पिटल, खानेपानी लगायत धेरै कामहरु मेरो पालामा भएको छ ।

अबको एजेण्डा के के छ ?
शिक्षामा परिवर्तन ल्याउनु छ । स्वास्थमा एमबीबीएस दरबन्दीसहितको कम्तिमा १५ बेडको हस्पिटल भंगहामा निर्माण गर्नु छ । सबभन्दा ठूलो एजेण्डा यो नै हो ।

Sponsored

अहिलेको अवस्थामा कुन दल वा उम्मेदवारसंग तपाइको प्रतिस्पर्धा छ ?
मलाई कसैसंग प्रतिस्पर्धा छैन । तर दोश्रोमा माओवादी आउँछ । भन्ने मेरो अनुमान छ । म घरदैलोमा जाँदा जनता जुन उच्च मनोवलका साथ मत दिने प्रतिबद्धता गर्नु हुन्छ, धेरै काम गरेको भन्नु हुन्छ, स्वागतसंगै आशिर्वादि दिइरहनु भएको छ त्यो हिसाबले म प्रतिस्पर्धाभन्दा धेरै अगाडी छु ।

तर, पनि तपाईको कार्यकालको विषयमा असन्तुष्टिका स्वरहरु सुनिन्छ नि !

यो स्वभाविक नै हो । धेरै कामहरु भएको छ । अलि अलि कामहरु नहुँदा असन्तुष्टि जनतामा हुनु स्वभाविक हो । अर्को कुरा जति काम वा राम्रो गरेपनि जनता भन्दा प्रतिपक्षी विपक्षीहरुको कामै हो असन्तुष्टि जाहेर गर्ने । खेदो खन्ने । तपाई जनताकोबीचमा जानुस् न । नेताहरुसंग सोध्नु भयो भने त असन्तुष्ति व्यक्त गरि हाल्छन् नि ! जनताले असन्तुष्टि जाहेर गरे पो म बुझ्छु ।

विगत साढे चार वर्षमा सुशासन परादर्शितालाई जनप्रतिधिले ख्यालै नगरेको देखियो । लोकतन्त्रलाई सबल बनाउने यो पाटोलाई किन प्राथमिकता दिनु भएन ?

भंगहना नगरपालिका त्यसमा पनि प्रतिबद्ध छ । हिजो पनि धेरै काम भएको छ यो पाटोतिर । तर, पहिलेदेखि नै बिग्रिएको हो सिस्टम । त्यसलाई सुधार गर्न सबै लाग्नु पर्ने हो । क्रमिक रुपमा सुधार भइरहेको छ । आउने दिनमा भंगहामा पूर्ण रुपले सुशासन कायम गर्छु । भ्रष्टार न्युनिकरण गर्छु ।

अन्तमा के भन्न चाहनु हुन्छ ?

मैले भंगहा नगरपालिकामा धेरै काम गरेको छु भने कमसे कम नेपालको संविधान अनुसार दुई पटक मेयर बन्ने प्रावधान छ । एकचोटी म बनिसकेको छु । यदि मैले काम गरेको छु, सुख र दुखमा साथ दिएको छु भने म दश औंला जोडर प्रार्थना गर्छु की मलाई फेरि पनि मौका दिनुस् । अत्यधिक मतले विजयी गराउनुस् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *