क्षीरेश्वरनाथमा हामी जित्ने अवस्था देखेपछि विपक्षी दलले समर्थन गरेको भ्रम फैलाए : शिवशंकर सिंह
टुडेपाटी-
जनकपुरधाम, बैशाख २६ गते ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीबाट मेयर पदका उम्मेदवार शिवशंकर प्रसाद सिंहले आफूले कसैलाई समर्थन नगरेको बताएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै उनले एकीकृत समाजवादीले अन्यदललाई समर्थन गरेको भनेर विपक्षी दलले हल्ला फिजाएको बताउँदै भ्रममा नपर्न मतदातालाई आग्रह गरेका हुन् ।
‘मैले कसैलाई समर्थन गरेको छैन । मेरो जीत्ने सम्भावना प्रवलदेखेपछि विपक्षीहरु हतोत्साहित भएर मैले अन्य दललाई समर्थन गरेको हल्ला फिजाएका छन् । मतदातालाई अलमलमा पार्न खोजेका छन् ।’ उनले भने ‘मैले कसैलाई समर्थन गरेको छैन । तपाइहरु भ्रममा नपर्नु होला । यो नगरपालिकामा एकीकृत समाजवादीको जीत निश्चित जस्तै छ । यसले अतालिएर विपक्षी दल र उम्मेदवारहरु हल्ला फिजाएका हुन्’
उनले हल्ला र भ्रमको पछाडि नपरेर ढुक्क भएर समाजवादी पार्टीलाई नै मतदान गर्न आग्रह गरे ।
Sponsored