TodayPati

एमालेका उम्मेदवार श्याम महतोको प्रतिबद्धता पत्र-‘बटेश्वरलाई व्यापारिक केन्द्र बनाउने’

टुडेपाटी-
जनकपुरधाम, बैशाख २६ गते ।

नेकपा एमालेबाट धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार श्यामसुन्दर महतोले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

सोमबार पत्रकार सम्मेलन गरी उनले शिक्षा, स्वास्थ्य, कृषि रोजगार, भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बटेश्वर गाउँपालिकालाई समृद्ध बनाउनेसहितका १६ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

Sponsored

प्रतिबद्धता पत्रमाकृषिलाई आधुनिकीकरण गाउँपालिका भित्रका प्राकृतिक सम्पदाहरुको विस्तार र संरक्षण, बटेश्वरलाई व्यापारिक केन्द्रको रुपमा पहिचान गराउने समेटिएको छ ।

जनताको आधारभूत शिक्षा, स्वास्थ्य विजुली, खानेपानी, सडक, सिंचाई जस्ता विषयहरुलाई गम्भीरतापूर्वक विश्लेषण गरी योजनामा समावेश गर्ने प्रतिबद्धता पत्रमा छ ।

जितेपछि जनताको सेवा नै आफ्नो पहिलो धर्म, कर्तव्य रहने र २४ घण्टा दत्तचित भई लाग्ने, गाउँवासीबाट पाइने उचित सुझाव र सल्लाह नै विकासको लागि आफ्नो मार्गचित्र निर्माण गर्ने उम्मेदवार महतोले घोषणा पत्रमा उल्लेख गरेका छन् ।

Sponsored

उम्मेदवार महतोले आफ्नो प्यानलले घरदैलो कार्यक्रम सम्पन्न गरेको बताए । घरदैलोमा पुग्दा मतदाताबाट आफूले परिकल्पना नै नगरे जस्तो व्यापक उत्साह, सथा समर्थन पाएको उनको भनाइ छ ।

जनताको साथ आफूलाई रहेकाले फराकिलो मत अन्तरले निर्वाचित हुने उम्मेदवार महतोले दावी गरे ।

यस्तो छ उम्मेदवार महतोको घोषणा पत्र :

No description available.

चेक बाउन्स मुद्दा प्रकरण विपक्षीले बदनाम गराउने षडयन्त्र : उम्मेदवार महतो

चेक बाउन्स कसुरको मद्दा विषयमा सञ्चारकर्मीको जिज्ञासामा उनले आफूलाई जोडेर एक मिडियामा आएको चेक बाउन्स कसुरमा फरार अभियुक्त भन्ने शीर्षकको समाचार अफवाह रहेको दावी गरे । आफू जितिरहेको अवस्थामा हतोत्साहित मानसिकतामा रहेका विपक्षीहरु षड्यन्त्र गरेर बदनाम गराउन मिडियाबाजी गराइरहेको उनले दावी गर्दै जनता सो भ्रममा नपर्ने प्रतिक्रिया दिए ।

,व्यावसायिक कारोबारमा दुई तीन वर्ष अघिको चेक बाउन्स विवादको विषय हामी दुबै पक्ष मिलेर समाधान भइसकेको छ । जुन समान्य कुरा हो, उनले भने , नभए मलाई प्रहरीले पक्राउ गरिसकेको हुन्थ्यो नि । म त जनताकै घरदैलोमा पुगिरहेको छु । मेरो पक्षमा जित्न माहोल तयार भएपछि विपक्षीहरु डराएका छन् । जनतालाई वास्तविकता थाहा छ । मलाई केहि फरक पर्दैन,

पत्रकार सम्मेलनमा एमाले बटेश्वर गाउँपालिका कमिटीका अध्यक्ष रामखेलावन महतो, सचिव रञ्जित लामा, वडा नं. ५ बाट वडाध्यक्षका उम्मेदवार सुनिल साह, नेता गणेश साह लगायतको उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *