मधेश प्रदेश : उम्मेदवारको मृत्युभएपछि श्रीमतीले दिइन् उम्मेदवारी
टुडेपाटी–
सिरहा, बैशाख २६ गते ।
सिरहामा स्थानीय तहमा उम्मेदवार बनेका एकजनाको मृत्यु भएको छ ।
नेकपा एमालेबाट सिरहा नगरपालिका–५ का वडा सदस्यका उम्मेदवार ६५ वर्षीय मुना शेखको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले उम्मेदवारको कालगतिले मृत्यु भएको जनाए ।
शेखको मृत्युपछि उनकै श्रीमती रहमान खातुनले उम्मेदवारी दिएकी छिन्।
शेखको मृत्यु भएको खबर पाएलगतै निर्वाचन आयोगलाई सूचना दिएर निर्वाचन आयोगले पठाएको प्रकृया अनुसार ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी उम्मेदवारी दर्ता गरी आवश्यक प्रकृया पूरा गरी निर्वाचन चिह्न समेत प्रदान गरिसकिएको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए।
Sponsored
बैशाख ३० मा मतदान हुँदैछ भने भोली मध्य रातदेखि मौनवअधि सुरु हुँदैछ ।