एमाले कार्यकर्ताले गरे राप्रपा उम्मेदवारमाथि कुटपिट
टुडेपाटी–
जनकपुरधाम, बैशाख २६ गते ।
धनुषामा राप्रपाका उम्मेदवारमाथि कुटपिट भएको छ ।
जिल्लाको सबेला नगरपालिका वडा नम्बर ४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको राप्रपाले जनाएको छ।
सोमबार राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर राप्रपा वडा सदस्यका उम्मेदवारलाई एमालेका कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र फिर्ता लिन नमानेपछि उम्मेदवारसहित परिवारमाथि नै आक्रमण गरेको उल्लेख गरेका छन्।
मियाको परिवारका सात जना सदस्यमाथि एमालेले आक्रमण गरेको राप्रपाको दाबी छ।
प्रवक्ता श्रेष्ठले यस घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न माग गरेको छ ।
Sponsored