कक्षा १२ को परीक्षाकेन्द्र निर्धारण
टुडेपाटी-
काठमाडौं, बैशाख २६ गते ।
आगामी जेठमा हुने कक्षा १२ को परीक्षाकेन्द्र निर्धारण भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जेठ १६ गतेदेखि सञ्चालन हुने वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको हो ।
बोर्डको २३ गते बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ ।
बोर्डले सूचना जारी गर्दै परीक्षार्थीलाई बोर्डको वेबसाइटमा परीक्षा केन्द्रबारे विस्तृतमा हेर्न सूचित गरेको छ ।
साथै बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यलय एवं शाखा कार्यलयहरुले समेत आ–आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई जानकारी गराउन अनुरोध गरेको छ ।
Sponsored
कक्षा १२ को परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ