मधेश प्रदेश : क्रसर सञ्चालकको जलेर मृत्युु, घटना शंकास्पद
टुडेपाटी-
जनकपुरधाम, बैशाख २५ गते ।
महोत्तरीको भंगहा नगरपालिका ४ जमुनिया स्थित रातु नदी किनारमा निर्माणाधीन एक क्रसरमा सञ्चालकको जलेर शंकास्पद मृत्युु भएको छ ।
रातु नदीको किनारमा निर्माणाधीन जय श्री हनुमान वालुवा वासिङका क्रसर सञ्चालक मिथिला नगरपादिका २ नक्टाझिज बस्ने ३९ वर्षीय दिनेश महतोको मृत्युु भएको हो ।
ओछ्यानमा जलिरहेको अवस्थामा उनको शव क्रसर भएकै ठाउँको घरमा फेला परेको प्रहरीले जनाएको छ । करेन्ट लागेर उनको जलेर मृत्युु भएको प्रहरीको अनुमान छ ।
स्थानीयले भने महतोको जलाएर हत्या भएको दावी गरेका छन् । दिउँसो करिब २ बजेतिर जलिरहेकै बेला भंगहा पहरीचौकीसहितका टोली घटना स्थल पुगेर दम्कल र भाँडामा पानी छ्यापेर निभाएका थपए ।
महतो पाटनरसीपमा क्रसर सञ्चालन गरेका थिए । एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Sponsored
घटनास्थलबाट उनका सहपाठी सुरज महतोलाई स्थानीयको दबाबमा प्रहरीले पक्राउ गरेको छ ।
घटनास्थलको मुचुल्का गरि शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको र छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।