औरही गाउँपालिकामा नेकपा माओवादी केन्द्र र एसबीच चुनावी गठबन्धन
टुडेपाटी–
जनकपुरधाम, बैशाख २५ गते ।
धनुषाको औरही गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एसबीच चुनावी एकता भएको छ ।
बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले अध्यक्ष र नेकपा एसले उपाध्यक्ष पाउने गरी सहमती भएको छ ।
शनिवार माओवादी केन्द्रका धनुषा अध्यक्ष दिपक कुमार यादव र नेकपा एसका अध्यक्ष रामचन्द्र पंडितले सहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति अनुसार माओवादी केन्द्रले अध्यक्ष सहित वडा नं. १, ३, ५ र ६ नम्बर वडाको वडाध्यक्ष सहित सदस्य र नेकपा एसले उपाध्यक्ष सहित वडा नं. २ र ४ को वडाध्यक्ष सहित सदस्यहरु पाउने गरि सहमति गरेको छ ।
नेकपा एसका केन्द्रीय सदस्य रमेशरंजन झा, वाइसिएलका मधेश प्रदेश संयोजक अनिल कुमार पासवान, नेकपा एसका मधेश प्रदेश सदस्य राजकुमार मंडल र नेकपा माओवादी केन्द्र औरही गाउँपालिका कमिटीका अध्यक्ष सेहशराम ठाकुरको रोहबरमा दुई दलबीच तालमेल भएको छ ।
अब दुबै दलबीच सम्झौता भएकाले दुबै दललाई संयुक्त रुपमा चुनावी प्रचारप्रसारमा जुटन नर्दिशजन दिइएको छ ।
Sponsored