जनकपुरधाममा फेरि बागी उम्मेदवार जित्ने डरमा काँग्रेस बरिष्ठ नेता पौडेल
टुडेपाटी–
जनकपुरधाम, बैशाख २४ गते ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनकपुरधाममा बागी उम्मेदवार जित्ने शंका प्रकट गरेका छन् ।
पाँच दलीय गठबन्धनले शनिवार जनकपुरधाममा आयोजना गरेको चुनावी सभामा बोल्दै बरिष्ठ नेता पौडेलले जनकपुरधाममा बागी जितेको इतिहास रहेको चर्चा गर्दै चिन्त व्यक्त गरे ।
उनले यसपटक गठबन्धनका उम्ममेदवारलाई एकजुट भएर चुनाव जिताउनु पर्ने बताउँदै जनकपुरको रेकर्ड तोड्नु पर्नेमा जोड दिए ।
‘जनकपुरको रेकर्ड तोड्नु पर्छ यसपालि । जनकपुरमा बेलाबेला बागीले जितेको इतिहास छ । तर, यसपालि त्यसो गर्नु हुँदैन’ उनले भने ।
उनले जनकपुरको अस्तव्यस्ततालाई चिर्न गठबन्धनको उम्मेदवारलाई नै भोट दिन नेताकार्यकर्तालाई आग्रह गरे ।
‘गठबन्धनको उम्मेदवारी जनकपुरको विकासको लागि हो । देशमा राजनीतिक स्थिरता कायम गर्नको लागि हो । भ्रष्टाचारलाई अन्त गर्नको लागि हो’ उनले थपे ।
Sponsored
जजकपुरमा पाँच दलीय गठबन्धन अन्तर्गत जसपाबाट मेयरमा लालकिशोर साह र काँग्रेसबाट उपमेयरमा किशोरी साह उम्मेदवार छन् ।
काँग्रेसका नगरसभापति मनोज साह पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसले काँग्रेसको बहु संख्यक मत उनलाई पर्ने चर्चा छ । गठबन्धनका उम्मेदवार लालकिशोरलाई मनोजको उम्मेदवारले जित्न चुनौती छ ।
जनकपुरधाममा नेपाली कांग्रेसका बागी उम्मेदवारले २०४९ र २०५४ को निर्वाचनमा जितेको इतिहास छ ।