TodayPati

अब चाँडै नागरिकताको समस्या समाधान गर्छु : प्रधानमन्त्री देउवा

टुडेपाटी-
जनकपुरधाम, बैशाख २४ गते ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अब चाँडै नागरिकताको समस्या समाधान गर्ने बताएका छन् ।

जनकपुरधाममा शनिबार पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देवाले यस्तो बताएका हुन् ।

Sponsored

‘आमाबुबाको नागरिकता छ । छोराछोरीको छैन । कति दुखद कुरा । अब जसरी भएपनि चाँडै नागरिकताको समस्य समाधान गर्छु.’ उनले भने ।

उनले अब गठबन्धनविरुद्ध बोलेलमई पनि कारबाही गर्ने चेतावनी दिए ।

गठबन्धनको पक्षमा देशैभर राम्रो माहोल रहेको बताउँदै उनले विरुद्धमा बोल्नेलाई कारबाही गर्ने चेतावनी दिए ।

Sponsored

‘अहिले देशभर गठबन्धनको पक्षमा माहोल छ । गठबन्धन विरुद्ध उम्मेदवारी दिने, बोल्नेको लागि पार्टीमा कुनै स्थान छैन, उनले भने ‘अब गठबन्धन विरुद्ध बोल्नेलाई पनि कारबाही हुन्छ। चितवनमा पनि गठबन्धन विरुद्ध बोल्नेहरु हावा खाइसके । पहिला विरोध गर्नेहरु अब झण्डा लिएर प्रचार प्रसारमा हिड्छन् ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *