कृषि र कृषकको उत्थानसँगै भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने लक्ष्य सहित धानखेतमा घरदैलो
शुभ नारायण यादव–
सप्तरी, बैशाख २४ गते ।
आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरु घरदैलो अभियानमा तिव्रता दिएका छन् । सोहि क्रममा जनता प्रगतिशिल पार्टी नेपालका सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार प्रभाकर यादव मनोजले जनताको घर घरमा घरदैलो कार्यक्रम गर्नुका साथै किसानहरुको धानखेतमा गएर भोट मागेका हुन् ।
भोट माग्दै अध्यक्ष पदका उम्मेदवार मनोजले कृषि र कृषकको उत्थानका साथै छिन्नमस्ता गाउँपालिकालाई भयरहित भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने प्रतिबद्धता जनाएका छन । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यादवले आर्थिक सुशासन सहित गुणस्तरीय सर्व सुलभ माध्यमिक शिक्षा समेत प्रदान गर्ने बताए ।
यस्तै निःशुल्क प्राथमिक स्वास्थ्य, कृषि सामग्रीमा अत्याधिक अनुदान ,जग्गा चकलाबन्दिको अभियानका साथै ग्रामीण पुर्वाधारको तिर्व विकास गर्नुका साथै कृषि बिमा , सिचाइ तथा समयमा मलखाघ ,बीउ विजनको समेत व्यवस्था गर्ने जनाए ।
कोदालो बोकेको किसान चिन्ह चुनाव रहेकाले किसानहरुको दुख पिडामा २४ घण्टा सेवा गर्ने जनाउदै प्रसिद्ध छिन्नमस्ता भगवतिको सरक्षण सम्वर्दनका साथै छिन्नमस्ता गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।
Sponsored