TodayPati

राजनीतिलाई व्यवसाय बनाउँदा देशमा भ्रष्टाचार मौलायो : नेता पोखरेल

टुडेपाटी-
जनकपुरधाम, बैशाख २४ गते ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरीराजमणि पोखरेल चुनावको नाममा देशमा भ्रष्टीकरण गर्ने प्रक्रिया चिलरहेको बताएका छन् ।
धनुषाको बटेश्वर गाउँपालिकामा शुक्रबार साँझ माओवादी केन्द्रको चुनावी सभालाई सम्बोधन गर्दै उनले रानीतिलाई व्यवसाय बनाउँदा समाजमा भ्रष्टाचार मौलाउँदै गएको तर्क गरे ।

चुनावमा ठूला दलका उम्मेदवारले मतदातालाई राति राति पैसा बाँड्ने र जितेर गएपछि भ्रष्टाचारमा चुर्लुम्म डुब्ने, धन्दा गर्ने जस्ता व्यतिथि रहेको उनले बताए ।

Sponsored

‘समाजलाई भ्रष्टीकरण गर्ने प्रक्रिया चलिरहेको छ चुनावको नाममा । राजनीतिलाई व्यवसाय बनाउने की सेवाको साधन बनाउने ? राजनीतिमा आएर व्यापार व्यवसाय र भ्रष्टीकरण गर्ने की देश र जनताको पक्षमा, सेवकको रुपमा काम गर्ने । यति खेर यो दुईटाको बीचको लडाइ चलेको छ ।’ उनले भने ।
उनले स्थानीय तहमा सही जनप्रतिनिधि छान्न नपाएका कारण संविधानले निर्दिष्ट गरेका २२ बुँदे अधिकार कार्यान्वयन नभएको उनको भनाइ छ ।
ठूलो राजनीतिक परिवर्तन हुँदा पनि जनताले त्यसको अनुभूति गर्न नपाएको उनले बताए । खानेपानी, शिक्षा, स्वास्थ्य, बाटोघाटो,बिजुली लगायत न्युनतम मानवीय र भौतिक विकास हुन नसकेको भन्दै नेता पोखरेलले पाँच वर्षका कामको समिक्षा गर्नुपर्ने बताए ।

No description available.


‘अहिले पनि आम मान्छे आफ्ना नानीबाबुलाई राम्रो स्कुलमा पढाउन पाएका छैनन् । सामुदायिक स्कुल भएपनि गुणात्मक संस्थाको रुपमा बदलिएका छैन’ उनले भने ‘अहिले पनि कुनै ठूलो रोग लाग्यो भने हामी कुनै राम्रा अस्पतालमा गएर उपचार गर्न सक्दैनौ । सरकारी अस्पतालहरु त छन् । तर भने जस्तो सेवा हामी प्राप्त गर्न सकेका छैनौं ।’

नेता पोखरेलले राजनीतिमा मौलाएको भ्रष्टीकरणविरुद्ध देश र जनताको हितमा काम गर्न माओवादी पार्टी अगाडी बढेको बताए ।
ठूलो राजनीतिक परिवर्तन माओवादीकै दशवर्षे जनयुद्ध तथा जनआन्दोलनले भएको बताउँदै उनले स्थानीय स्तरमा रहेका विकृति विंसगती हटाउन र परिवर्तनको प्रत्याभूति गराउन माओवादी केन्द्रलाई भोट दिएर जिताउन आग्रह गरे ।

Sponsored

माओवादी केन्द्रबाट बटेश्वर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार पदम लामा र उपाध्यक्ष रेखाकुमारी महतोसहित उम्मेदवारले पाँचवटै वडामा घरदैलो सम्पन्न गरेसंगै चुनावीसभा पनि सकाएको जनाएको छ ।

No description available.

वडा नं. १ माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष रामचन्द्र महतोको अध्यक्षतामा भएको चुनावी सभामा केन्द्रिय सदस्य रामसिंह यादव, तारा महतो, वडाध्यक्षका उम्मेदवार वडा नं. १ का उम्मेदवार परमेश्वर महतो, वडा नं. २ का जयबहादुर लामा, वडा नं. ४ का दुर्गा थापा, वडा नं. ५ का देवसागर दास लगायत पाँचै वडाका उम्मेदवार, नेताकार्यकर्ताको सहभागिता थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *