बटेश्वर गाउँपालिकामा जिते जनभावना अनुसार काम गर्छु : उम्मेदवार रामप्रबोध महतो
टुडेपाटी-
जनकपुरधाम,बैशाख २३ गते ।
धनुषाको बटेश्वर गाउँपालिकामा नेकपा एकिकृत समाजवादी पार्टीबाट अध्यक्ष पदका उम्मेदवार रामप्रबोध महतोले आफ्नो चुनावी एजेण्डा सहितको घोषणा पत्र सार्वजनिक गरेका छन् ।
पार्टीले बनाएको स्थानीय तह निर्वाचन घोषणा पत्र २०७९ सार्वजनिक गर्दै पालिकाको विकास र समृद्धिका लागि नै आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।
उनले पालिकामा जितेपछि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । गाउँपालिका कृषि कार्यका लागि प्रसिद्ध रहेकोले आफू हरेक किसानको खेतमा सिंचाईको लागि पानी पुर्याउने र कृषि मिटरमा महशुल छुट गराउने पहिलो प्राथमिकता उनको घोषणा पत्रमा छ ।
गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, युवा रोजगार, मठमन्दिरको संरक्षण सम्वद्र्धन, धर्म संस्कृतिको प्रवद्र्धन लगायतको एजेण्डा समेत आफ्नो रहेको उनले बताए ।
चुनाव नजिकिएसंगै उम्मेदवार महतो मतदाताको घरदैलो अभियानलाई समेत तिव्रता दिएका छन् । घरदैलोको क्रममा आफू र आफ्ना पार्टीप्रति जनलहर बढ्दै गएकोले जित सुनिश्चित रहेको दावी गरे ।
Sponsored
महतोले आफू जिते सबै जातसमुदाय, वर्ग लिंगको भावना समेटेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।