TodayPati

घाइतेलाई इट्टा भट्टामा जिउँदै जलाउने आलमलाई धरौटीमा रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार

टुडेपाटी–
काठमाडौँ, बैशाख २३ गते ।

बम बिस्फोटमा घाइतेभएकाहरुलाई ज्युँदै इट्टा भट्टामा जलाउने आफ्तप अलामलाई सर्वोच्च अदाललते धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ।

२०७६ कात्तिकमा रौतहट जिल्ला अदालतले अलामलाई भट्टामा जिउँदै जलाएको अभियोगमा पुर्पक्ष थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशलाई जनकपुर उच्च अदालतले सदर गरेपछि उनी सर्वोच्चमा धरौटीमा रिहा गर्न माग गर्दै सर्वोच्चमा पुगेका थिए।

Sponsored

शुक्रबार न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले पनि उच्च अदालतको आदेश सदर गरेको हो। उनी रौटहटबाट निर्वाचित सांसद एर्व पूर्वमन्त्रीसमेत हुन्।

सर्वोच्चले आलमलाई धरौटीमा छाड्दा पीडितमाथि अन्याय हुने ठहर गरेको छ। उनीविरुद्धको मुद्दा रौटहट जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ।

सरकारी वकिल कार्यालय रौतहतले आलमलाई ४५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको छ। २०६४ चैतमा रौतहटको राजपुरमा आफैँले गराएको विस्फोटमा घाइते भएकाहरुलाई उनले इटटा भट्टामा जलाएको आरोप लागेको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *