बटेश्वरमा माओवादी केन्द्रको घरदैलो अभियान तिव्र, नमूना पालिका बनाउँछु : पदम लामा
टुडेपाटी-
जनकपुरधाम, बैशाख २३ गते ।
बटेश्वर गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार पदम लामा घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
विभिन्न एजेण्डा र प्रतिवद्धतासहित मतदाताको घरदैलोमा पुगेर अध्यक्ष पदका उम्मेदवार लामासहित उपाध्यक्ष पदकी उम्मेदवार रेखाकुमारी महतो मत माग्नमा व्यस्त छन् ।
वडा नं.३,४ र २ नम्बर वडामा घरदैलो अभियान आफूहरुले सम्पन्न गरेको उम्मेदवार लामाले बताए । घरदैलोको क्रममा उनले बटेश्वरलाई नमूना गाउँपालिका बनाउने बताए ।
पालिकालाई भ्रष्टार मुक्त पालिका, सुकुम्बासीकको घरजग्गाको व्यवस्थापन, नदीनाला ठेक्का बन्द, विद्यार्थीको लागि निःशुल्क गुणस्तरीय उच्च शिक्षा, चौकचौकमा सार्वजनिक शौचालय, चौकचौकमा फ्री इन्टरनेट जडान, लागुऔषध मुक्त पालिका, रोजगारको वातावरण सृजना लगायत आफ्नो एजेण्डा रहेको उनले सुनाए ।
बिहीबार वडा नं. २ मा भएको घर दैलोमा वडा ध्यक्ष पदका उम्मेदवार जयबहादुर लामासहित माओवादी केन्द्रका संयौ नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।
Sponsored