TodayPati

बटेश्वरमा जसपाको घरदैलो, कुलतमुक्त र समृद्ध समाज बनाउन मत माग्दै श्रवण महतो

टुडेपाटी-
जनकपुरधाम, बैशाख २२ गते ।

धनुषाको बटेश्वर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)बाट पालिका प्रमुख पदका उम्मेदवार राजकिशोर महतो घरदैलो अभियान थालेका छन् ।

चुनावको केहि दिन मात्र बाँकी रहँदा उनले वडा नं. २ का वडाध्यक्ष पदका उम्मेदवार श्रवण महतालेसंगै घरदैलो अभियान थालेका हन् ।

Sponsored

भ्रष्टाचार मुक्त, लागूऔषधमुक्त, विकसशील एवं समृद्ध गाउँपालिका बनाउने एजेण्डासहित उम्मेदवार द्वयले बुधबार वडा नं. २ भूचक्रपुरमा घरदैलो अभियान गरेका छन् ।

No description available.

घरदैलोको क्रममा मतदाताको व्यापक समर्थन एवं सहानुभूति प्राप्त भइरहेकाले आफ्नो वडा नं. २ मा वडाध्यक्षमा आफ्नो जीत सुनिश्चित जस्तै रहेको उम्मेदवार श्रवण महतोले बताए ।

वडाध्यक्षका उम्मेदवार महतोले पछिल्लो समय युवाहरु कुलतमा फँस्ने गरेकोले यसप्रति सम्बन्धित निकाय उदासिन रहेकाले सोको निर्मूल, भ्रष्टाचारमुक्त समाज, स्थानीय स्तरमै युवालाई रोजगार, कृषि आधुनिकीकरण, गुणस्तरीय निःशुल्क शिक्षा, खेलकुदको विकास लगायत बटेश्वरको समग्र विकासको लागि आफू र आफ्ना पार्टीका सबै उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

Sponsored

उनले दीर्घकालिन सोँच र भिजन भएका युवा उम्मेदवारलाई मतदान नगरेसम्म समाजको परिवर्तन समेत नहुने बताए ।

यस्तो छ उनको प्रतिवद्धता पत्र

No description available.

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *