TodayPati

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवारद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

शुभ नारायण यादव–
सप्तरी, बैशाख २१ गते ।

पाँच बर्षभित्र छिन्नमस्ता गाउँपालिकालाई हिलो मुक्त बनाउने जसपा नेपालका अध्यक्ष पदका उम्मेदवार सत्य नारायण यादवले प्रतिबद्धता जनाएका छन् ।

जनता समाजवादी पार्टी नेपालको गाउँपालिका स्तरिय घोषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष पदका उम्मेदवार यादवले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

Sponsored

उनले सखडा अस्पताललाई स्तरोन्ति गरि १५ शेय्याको अस्पताल बनाउने, जिर्ण रहेको बर्थिङ सेन्टरको भवनलाई पुर्ननिर्माण गरि २४ घण्टे सेवा प्रदान गर्ने, पाँच वर्ष भित्र गाउँपालिकाको आफ्नो भवन सहित सबै वडाको वडा कार्यालय बनाउने प्रतिबद्धता पत्रमा उल्लेख गरेका हुन् ।

यसैगरि विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यार्थीको अनुपातमा विषयगत शिक्षकको व्यवस्थाप गर्ने, गाउँपालिका भित्र कृषि ,सडक ,सिचाइका लागि विघुतिकरण, कृषि सेड लगायत निर्माण गरि आधुनिक प्रविधि मार्फत कृषिमा क्रान्ति ल्याइ रोजगारी व्यवस्था गराउने, सिचाइको लागि कुलो, पेनि लगायत घोरदह नदी र भलुवाही नदीलाई ढोका सिस्टममा व्यवस्थित गर्ने, कृषि अनुदानको व्यवस्था गरि कृषि सामग्रीहरुको बजार र भण्डारणको लागि शित भण्डार समेत निर्माण गर्ने लगायतको प्रतिबद्धता उल्लेख गरिएको छ ।

त्यस्तै योजना छनोट प्रक्रियामा बहुसङ्ख्यक जनताको भेला गराइ पारदर्शी ,उतरदायि र दिगो खालको बनाउने, स्थानीय स्तरमा हुने स–साना झै झगडा न्यायिक समिति मार्फत तत्कालै समाधान गराइ सुशासन कायम गर्ने, भुमिहिन, गरिब, दलित, अति विपन्न ,असहाय, अपांग, एकल महिला लगायतका लागि रोजगारी र गाउँपालिका स्तरिय आवास निर्माण सहित थप सामाजिक सुरक्षाका कार्यक्रमहरु सन्चालन गर्ने, एक वडा एक खेल मेदान लगायतका कार्यक्रम ल्याइ प्रत्येक वर्ष गाउपालिका स्तरिय विभिन्न खेलका प्रतिस्पर्धा गराउने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

Sponsored

उक्त घोषणा पत्र सार्वजनिक कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पदका उम्मेदवार आशा देवी साह , जसपा नेपालका केन्द्रीय सदस्य अशोक कुमार यादव, लगायत विभिन्न वडाका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *