TodayPati

जितेपछि जनकपुरधामलाई फोहोर र भ्रष्टाचारमुक्त बनाउँछु : मनोज चौधरी

टुडेपाटी-
जनकपुरधाम, बैशाख २१ गते ।

आसन्न स्थानियतहको निर्वाचनलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकालागि मेयरका उम्मेदवार मनोज चौधरी घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

दैनिकीरुपमा घरदैलो अभियान संचालन गरिरहेका चौधरीले मंगलवार जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १४ स्थित मुजेलीया टोलमा घरदैलो अभियान संचालन गरेका छन् ।

Sponsored

मुजेलीयामा जनतासंग प्रत्यक्ष कुराकानी गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जनकपुरधामका नगर अध्यक्ष समेत रहेका चौधरीले जनकपुरधाममा व्याप्त रहेको मच्छरको समस्या समाधानका लागि पहिलो कदम चाल्ने र मच्छर समस्यालाई निर्मुल गरेरै छाडने प्रतिवद्धता जनाए ।

उनले नगरको प्रमुख सडकहरुमा सुधार गरिएपनि नगरका विभिन्न टोलहरुमा अहिले पनि हिलो नै हिलो रहेकोले सडक सुधार कार्यक्रमलाई नेतृत्व लिएको पहिलो चरणमै काम सुरु गर्ने बताए।

नगरमा व्याप्त रहेको फोहरको व्यवस्थापनको समस्यालाई सुधार गर्नका लागि फोहर बाट मोहर कमाउने अभियान अनुरुप फोहरहरुबाट मल तयार गरि फोहर व्यवस्थापन गर्ने वताउदै मेयर उम्मेदवार चौधरीले उपमहानगरपालिकामा सेवाग्राहीलाई काम गराउन हुने कठिनाईलाई समाप्त गर्दै भ्रष्टाचार मुक्त नगरपालिका वनाउने आफनो पहिलो पहल हुने उनले प्रतिबद्धता जनाए ।

Sponsored

कार्यक्रमममा लोसपा नेपाल धनुषाका अध्यक्ष तथा प्रदेशसभा सदस्य परमेश्वर साह,जनकपुरधाम उपमहानगरपालिकाबाट उपमेयरकि उम्मेदवार रिता कुमारी मिश्र,लोसपा युवा नेता संजय चौधरी लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *