देशका प्रमुख १० शहरमा कांग्रेस सभा गर्दै, २४ गते जनकपुरधाममा प्रधानमन्त्री देउवा आउने
टुडेपाटी–
काठमाडौं, बैशाख २० गते ।
नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा देशका प्रमुख १० शहरमा चुनावी सभा आयोजना गर्ने भएको छ ।
चुनावी सभालाई कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार विराटनगरमा बैशाख २१ गते, चितवनको भरतपुरमा बैशाख २२ गते, काठमाडौँमा बेशाख २३ गते, रुपन्देहीको बुटवल तनहुँको दमौली र धनुषाको जनकपुरधाममा बैशाख २४ गते, कास्कीको पोखरा र दाङको तुलसीपुरमा बैशाख २५ गते, २६ वैशाखमा कैलालको धनगढीमा र २७ वैशाखमा डडेलधुरामा चुनावी सभा आयोजना हुने भएको हो ।
चुनावी सभालाई प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, पार्टीका प्रवक्ता डा। प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
Sponsored