TodayPati

धनुषामा पूर्व एसएसपी र डिएसपी चुनावी मैदानमा

टुडेपाटी–
जनकपुरधाम, बैशाख २० गते ।

नेपाल प्रहरीका दुई जना पूर्वअधिकारी धनुषामा चुनावी मैदानमा उत्रेका छन् ।

एक जना सेवानिवृत्त प्रहरी नायव उपरीक्षक डीएसपी र अर्का वरिष्ठ प्रहरी उपरीक्षक पदबाट राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धामा छन् ।

Sponsored

डीएसपीबाट केही महिनाअघि मात्रै सेवानिवृत्त भएका महेन्द्र महतो मिथिला नगरपालिकाको मेयरमा र एसएसपीबाट राजीनामा दिएका गोविन्द साह विदेह नगरपालिकाको मेयरमा चुनावी मैदानमा छन् ।

महतोले नेपाली कांग्रेसबाट टिकट पाएका छन् भने साह कांग्रेसले टिकट दिने आश्वासन पाएपनि टिकट पाएनन् । साह टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

अहिले दुबैजनाले घरदैलोमा लागेका छन् । दुबैजनाले आफुहरुको जित सुनिश्चित रहेको दावी गर्छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *