TodayPati

माओवादी उम्मेदवारमाथि खुकुरी प्रहार

टुडेपाटी–
काठमाडौं, वैशाख २० गते ।

नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको वडा सदस्यमा उम्मेदवारी दिएका एक उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।

बैतडीको डिलासैनी गाउँपालिका–५ का वडा सदस्य उम्मेदवार हरिराम साउदमाथि खुकुरी प्रहार भएको छ। गएराति ६० वर्षका साउदमाथि खुकुरी प्रहार भएको हो।

Sponsored

उनीमाथि स्थानीय एमाले कार्यकर्ताले खुकुरी प्रहार गरेको आरोप छ।

घाइते साउदको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर थप उपचारका लागि धनगढी पठाइएको छ। उनको टाउकोमा गम्भीर चोट छ भने टाँका लगाइएको छ।

यता घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *