TodayPati

चालु आवको ९ महिनामा आधा बजेट पनि खर्च हुन सकेन्

टुडेपाटी–
काठमाडौँ, बैशाख २० ।

सरकारले चालु आर्थिक वर्षको ९ महिनामा आधा बजेट समेत खर्च गर्न सकेको छैन् ।

चालु आव २०७८/७९ को पहिलो नौ महिनामा विनियोजित बजेट मध्ये ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भएको छ ।

Sponsored

सरकारले पछिल्लो नौ महिनामा खर्च गरेको उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खर्च गरेकोभन्दा १५‍‍‍.०३ प्रतिशतले बढी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

यसवर्ष सरकारको चालु खर्च ६ खर्ब २५ अर्ब ५० करोड ८ लाख रुपैयाँ रहेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.६८ प्रतिशतले बढि हो।

पछिल्लो नौ महिनामा सरकारको पूँजीगत खर्च १ खर्ब ३ अर्ब ७८ करोड ९६ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १.९४ प्रतिशतले कम हो।

Sponsored

नौ महिनामा वित्तीय व्यवस्था ६४ अर्ब ९६ करोड ५६ लाख रुपैयाँ रहेको छ। सरकारले चालु आर्थिक वर्षको लागि कूल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सरकारले चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि बजेटमा विनियोजन गरिएकोमध्ये आधा रकम पनि खर्च गर्न सकेको छैन।

प्रत्येक वर्ष अधिकांश बजेट असार महिनामा मात्र खर्च हुने गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *