TodayPati

उम्मेदवारले आचारसंहिता उलंघन गरे उम्मेदवारी खारेज हुने !

टुडेपाटी–
काठमाडौं, बैशाख १९ गते ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहल्े निर्वाचन आचारसंहिता उलंघन गरे उम्मेदवारी नै खारेज गर्ने निर्वाचन आयोगले चेतावनी दिएका छन् ।

सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले राखेको पाइए कारबाही गर्ने चेतावनी दिएका हुन् ।

Sponsored

आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘त्यस्तो सामग्री जुन स्थानमा राखिएको छ सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिई आदेशको वर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्ने ।

आयोगले आचार संहिता विपरीत यस्ता कामहरू भइरहेको भन्ने गुनासो आएपछि विज्ञप्ति जारी गर्दै नियमअनुसार एक लाख सम्म जरिवाना वा उम्मेदवारी समेत रद्द गर्ने भनेको हो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *