TodayPati

साउदीमा अनिश्चितकालीन कर्फ्यू, नेपालीलाई सचेत हुन दूतावासको आग्रह

टुडेपाटी-
काठमाडौं, बैशाख १ गते ।

साउदीमा कोरोना भाइरस संक्रमणको जोखिम अझ बढेपछि लगाइएको कर्फ्यूको अवधि अनिश्चितकालका लागि लम्बाइएको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न साउदीले गत मार्च २३ मा जारी गरेको २१ दिने कर्फ्यूको अवधि अर्को सूचना नआएसम्मका लागि लम्ब्याइएको हो ।

कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि थप सावधानी अपनाउन आवश्यक भएकाले कर्फ्यू थप गरिएको छ ।

यस्तै साउदी सरकारले विभिन्न १३ क्षेत्रहरुबीचको आवागमनमा लागेको प्रतिवन्ध समेत यथावत राखेको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

Sponsored

दूतावासले नेपालीहरुलाई कर्फ्यूको समयलाई पूर्ण पालना गर्न अनुरोध गरेको छ । रियादस्थित नेपाली दूतावासले नेपालीहरुलाई आफू बसेको ठाउँबाट बाहिर ननिस्कने अपिल गरेको छ ।

सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्कन दूतावासले नेपालीहरुलाई अपिल गरेको हो ।

साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले पनि सैनिक अधिकारी र नागरिकलाई कर्फ्यूको पूर्ण पालना गर्न गराउन निर्देशन दिएको छ । कर्फ्यूको उल्लंघन गरेमा कडा कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ ।

Sponsored

साउदी अरबमा ४ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४ जना नेपाली नागरिक पनि छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *