TodayPati

जनकपुर विमानस्थल सुरक्षाको जिम्मा नेपाली सेनालाई

टुडेपाटी–
जनकपुरधाम, बैशाख १९ गते ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनकपुर विमान स्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

नेपाल प्रहरीले विमान स्थलको सुरक्षामा खट्दै आएकोमा स्थानीय तहको निर्वाचन नजिकिए सँगै उनीहरु निर्वाचनमा खटिएपछि विमान स्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो ।

Sponsored

आइतबार देखि विमानस्थलको जिम्मा नेपाली सेनाले लिएका छन् ।

जनकपुर विमान स्थलका प्रमुख योगेन्द्र कुँवरले विमान स्थलको सुरक्षा नेपाल प्रहरीले गर्दै आएकोमा निर्वाचनमा तिनीहरु खटेकाले यस अवधिभरका लागि नेपाली सेनाले विमान स्थलको सुरक्षा गर्ने बताए ।

अहिले नेपाली सेनाको मेजरको नेतृत्वमा ४८ जना नेपाली सेना विमान स्थलको सुरक्षामा खटेका छन् ।

Sponsored

एक्सरे मेसिन तथा विमान स्थलमा बडी सर्चका लागि महिलाका लागि महिला प्रहरी र पुरषका लागि पुरुष प्रहरी खटेका छन् ।

यस्तै भिआइपीहरुको लिस्टीङका लागि एकजना नेपाल प्रहरी खटेको बाँकी नेपाली सेना सुरक्षामा खटेका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *