संघ सरकारले पनि दियो भोली सार्वजनिक बिदा
टुडेपाटी–
काठमाडौं, वैशाख १९ गते ।
केन्द्र सरकारले पनि भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले इद उल फित्रका अवसरमा मंगलबार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मंगलबार सार्वजनिक बिदा दिइएको छ।
०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय थियो।
यो वर्ष वैशाख २० गते मंगलबार उद उल फित्रको बिदा दिने गृहले निर्णय गरेको हो।
यस अघि मधेश पदेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इद उल फित्रका अवसरमा शुमकामना व्यक्त गर्दै प्रदेशमा सार्वजनिक बिदा दिएका थिए ।
Sponsored