भारतमा १८८ यात्रु बोकेको बिमान ठूलो दुर्घटना हुनबाट जोगियो, ४० जना घाइते
एजेन्सी-
जनकपुरधाम,बैशाख १९ गते ।
भारतमा १८८ यात्रु बोकेको बिमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
आइतबार साँझ मुम्बईबाट पश्चिम बंगालस्थित दुर्गापुर गएको स्पाइस जेटको बोइङ ७३७–८०० मोडलको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको हो ।
साँझ अवतरण गर्ने क्रममा आएको ठूलो आँधीको कारण विमानले सन्तुलन गुमाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
जसको कारण विमानमा सवार यात्रुहरु अतालिएएपछि उक्त दुर्घटनामा परी ४० जना यात्रु घाइते भएका छन् भने १२ जनाको अवस्था गम्भीर छ।
यद्यपि उनीहरु अहिले खतरामुक्त रहेको समाचार उल्लेख छ।
Sponsored
स्पाइसजेटले यो घटनामा दुःख व्यक्त गर्दै ठूलो आँधीको कारण विमान हल्लिएको र केही मानिस घाइते भएको उल्लेख गरेको छ।
उक्त विमान मुम्बईबाट दुर्गापुरस्थित काजि नज्रुल इस्लाम विमानस्थलको लागि उडेको थियो। करिब २ घण्टा लाग्ने यो उडानको क्रममा ठूलो आँधी आएको थियो ।
विमानलाई सवा ७ मा सफल अवतरण गराइएको थियो।
अधिकारीहरुले अहिले यस विषयमा थप अनुसन्धान भइरहेको बताएका छन् ।