मिथ्या सूचना सामाजिक सञ्जालमा राखे कारबाही हुने
टुडेपाटी–
काठमाडौं, बैशाख १८ गते ।
उम्मेदवार तथा राजनीतिक दलहरुलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने निर्वाचन आयोगले चेतावनी दिएको छ ।
आयोगले सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट भइरहेको भन्दै यस्ता काम रोक्ने चेतावनी दिएको छ । नरोकिए निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुन अनुसार कारबाही गर्ने बताएको छ ।
मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको आयोगले परिभाषा गरेको छ, जसअनुसार भनिएको छ, निर्वाचनसम्बन्धी कुनै कार्य गर्दा गराउँदा कसैलाई हानी नोक्सानी पुर्याउने नियत राखी नराखी वा उक्त सूचना झुटो हो भन्ने बुझी नबुझी सम्प्रेसित गरिएको भ्रमक सूचनालाई मिथ्या सूचना भनिन्छ ।
मतदानको समय नजिकिदैँ गर्दा सामाजिक सञ्जालमा मिथ्या सूचना फैलिदै गएको हो ।
Sponsored