सशस्त्र प्रहरीको आइजीपीमा राजु अर्याल नियुक्त
टुडेपाटी–
काठमाडौँ, बैशाख १८ गते ।
सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षकमा राजु अर्याल नियुक्त भएका छन् ।
आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गरेको हो।
यसअघि उनी डीआईजीबाट एआईजीमा बढुवा भएका थिए । अर्याल एकल दाबेदार हुँदै आईजीपीमा नियुक्त भएका हुन्।
आइतवार देखि सशस्त्र प्रहरीका आईजी पुष्पराम केसी अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवा अवधिका कारण केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका हुन् । केसी गत ३० चैतमा सशस्त्र महानिरीक्षकमा नियुक्त भएका थिए। उनी १९ दिनका लागि महानिरीक्षक बनेका थिए।
दुई जना एआईजी रहने सशस्त्र प्रहरी बलमा सरकारले अर्याललाई एकल बढुवा गर्दै आईजीपीको लागि बाटो खुला गरिदिएको थियो।
Sponsored
अर्याल मधेश प्रदेशको सशस्त्र प्रहरीको प्रमुखको रुपमा समेत काम गरेका थिए । यस्तै नेपाल प्रहरीका आईजीपीमा धिरजप्रताप सिंह नियुक्त भएका छन् । उनी पनि नेपाल प्रहरीको मधेश प्रदेश प्रमुखको रुपमा काम गरेका थिए ।