TodayPati

नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त

टुडेपाटी–
काठमाडौँ, बैशाख १८ गते ।

नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त भएका छन् ।

सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई नियुक्त गरेको हो । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए ।

Sponsored

गृहमन्त्री बालकृष्ण खाँण वरियताक्रममा अगाडि रहेका विश्वराज पोखरेललाई आईजीपी नियुक्त गर्ने पक्षमा रहेपनि अन्तिममा बालुवाटारकै अडानमा सिंह आईजीपीमा नियुक्त भएको स्रोतले बतायो ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई आईजीपी बन्ने रोलक्रममा राख्ने गरी एकल बढुवा गरेर अघि सारेको भन्दै कांग्रेसका केही नेताहरु रुष्ट थिए र विकल्पका रुपमा सिंहलाई अघि सारिएको थियो ।

सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत थिए । सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । तर सरकारले तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी नियुक्त गरेको हो ।

Sponsored

हालका आईजीपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधिका कारण आइतबारबाट अवकाश पाउँदैछन् । आइतबारबाटै सिंहले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

सिंह मधेश प्रदेशको प्रमुखको रुपमा समेत काम गरिसकेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *