TodayPati

स्थानीय निर्वाचन : महोत्तरीमा माओवादी केन्द्रको खुल्यो खाता

टुडेपाटी–
महोत्तरी, बैशाख १७ गते ।

महोत्तरीमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका एक उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

जिल्लाको बर्दिबास नगरपालिकामा महिला वडा सदस्यमा उम्मेदवारी दर्ता गराएकी एक उम्मेदवार निर्विरोध निर्वाचित भएकी छन् ।

Sponsored

बर्दिबास नगरपालिका–७ मा दलित महिला सदस्यमा कलिमाया निर्वाचित भएको निर्वाचन कार्यालय बर्दिबासले जनाएको छ ।

बर्दिबास नगरपालिकामा निर्बिरोध निर्वाचित हुने उनी पहिलो महिला जनप्रतिनिधि बनेकी छन ।

बर्दिबास नगरपालिकामा माओवादी केन्द्रलाई माया गर्ने भएकाले आफू मात्र हैन माओवादी केन्द्रका सवै उम्मेदवार विजय हुने उनले दाबी गरिन् ।

Sponsored

निर्वाचन आयोगले पूर्व निर्धारित समय तालिका अनुसार शनिवार स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिदैछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *