एसएसपीबाट राजीनामा दिएर विदेह नपामा स्वतन्त्र उम्मेदवारी दिएका साहले पाए चुनाव चिन्ह लालटिन
टुडेपाटी–
जनकपुरधाम, बैशाख १७ गते ।
धनुषाको विदेह नगरपालिकामा स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएका पूर्व एसएसपीबाट गोविन्द कुमार साहले चुनाव चिन्ह लालटिन पाएका छन् ।
शनिवार निर्वाचन अधिकृतको कार्यालय विदेह नगरपालिकाले साहलाई चुनाव चिन्ह लालटिन दिएको छ ।
साहले चुनाव लडनका लागि एसएसपी पदबाट राजीनामा दिएका थिए ।
उनलाई नेपाली कांग्रेसले मेयरमा टिकट दिने आवश्वासन दिएपनि नदिएपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
Sponsored