स्थानीय निर्वाचन : मधेश प्रदेशमा जसपाको खुल्यो खाता, एकजना निर्विरोध
टुडेपाटी–
पर्सा, बैशाख १७ गते ।
स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीको पनि खाता खुलेको छ ।
जसपाले पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर एकबाट आफ्नो जितको पहिलो खाता खोलेको छ ।
पटेर्वा सुगौली गाउँपालिका–१ को दलित महिला वडा सदस्य बसन्ती देवी निर्विरोध निर्वाचित भएकी हुन् ।
जसपा पर्सा क्षेत्र नम्बर तिनका प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले बसन्ती निर्विरोध निर्वाचित भएको जानकारी दिए ।
Sponsored