TodayPati

मेयरबाट राजीनामा दिएर वडासदस्यमा उम्मेदवारी

जनकपुरधाम, बैशाख १७ गते ।

बहालवाला मेयरहरू मेयरमै दाबी गर्छन् । कतिपय अवस्थामा मेयरमा टिकट नपाए प्रदेश वा संघमा जाने तयारीमा हुन्छन् तर सुनसरीको इनरुवामा भने रोचक भएको छ ।

इनरुवा नगरपालिकाका मेयर राजन मेहेताले मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।

Sponsored

पार्टीले वडा सदस्यमै टिकट दिएकाले आफूले वडा सदस्यको उम्मेदवारी दिएको मेहेताले प्रतिक्रिया दिए । उनले फोन सम्पर्कमा भने, ‘पार्टीले मूल्यांकन गरेर वडा सदस्यमा टिकट दियो, पार्टीको निर्णय सबैले मान्नुपर्छ ।’

उनले इनरुवा नगरपालिका–२ बाट वडा सदस्यमा उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेसका नगर सभापति समेत रहेका उनले भने, ‘पार्टीले जहाँ लड भन्यो, त्यहीँ उम्मेदवार दिएको हुँ, पार्टीको निर्णय मैले मात्रै होइन, सबैले मान्नुपर्छ ।’ उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने रहेको बताउँदै भने, ‘पार्टीले गरेको मूल्यांकन मैले मात्रै होइन, सबैले मान्नुपर्छ ।’

इनरुवा–२ मा कांग्रेसबाट रन्जेश भट्टराई वडाध्यक्षको उम्मेदवार छन् । कतिपय नेताहरूले भने मेहेताले जिल्ला समन्वय समिति सुनसरीको प्रमुख बन्नका लागि वडा सदस्यमा उम्मेदवारी दिएको बताउँदै आएका छन् ।

Sponsored

यस विषयमा छोटो प्रतिक्रिया दिँदै मेहेताले भने, ‘भोलिको दिन के हुन्छ, थाहा छैन । तर आज पार्टीले दिएको टिकटमा मैले चुनाव लड्दैछु ।’

उनले भोलिको दिन कसैले नदेखेको भन्दै आज वडा सदस्यमा आफ्नो उम्मेदवारी रहेकाले हाल घरदैलो अभियानमा रहेको बताए ।

यसअघि उनले मेयरमा दाबी गर्दै आएका थिए तर कांग्रेस सुनसरीका सभापति केदार भण्डारीलाई पार्टीले मेयरमा टिकट दिएपछि उनलाई वडा सदस्यको टिकट दिइएको बताइएको छ । यो खबर आजको राजधानी द‌ैनिकमा छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *